logo
२०८१ बैशाख १३ बिहीवार



किर्गिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

फुटबल |
खेलकुद |


किर्गिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ११ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षकले किर्गिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको छ । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ । उक्त खेल काठमाडौं, त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।
किरणकुमार लिम्बूको नेतृत्वमा घोषित २३ सदस्यीय टोलीमा बिकेश कुथु र दीप कार्की आरक्षित गोलरक्षकको रुपमा अटाउनुभएको छ । रक्षात्मक पद्धतिका लागि रञ्जित धिमाल, निशान लिम्बू, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङग हुनुहुन्छ ।
विराष्ट्रिय बन्द प्रशिक्षणमा रहेका ३३ जनामध्ये प्रशिक्षक महर्जनले २३ जना खेलाडी छनाेट गर्नुभएको हो । गोलरक्षक बविशाल श्रेष्ठ र विशाल सुनुवार तथा डिफेन्डर पल्साङ लामा, सूरज विक र विकास खवास, मिडफिल्डर हेमन्त थापा मगर र सन्तोष तामाङ र फरवार्ड आशिष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ बाहिरिनुभएको छ ।
त्यसैगरी, मिडफिल्डरमा त्रिदेव गुरुङ्ग, सुजल श्रेष्ठ, तेज तामाङ्ग, एरिक विष्ट, सञ्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान रहनुहुनेछ । अञ्जन विष्ट, दर्शन गुरुङ्ग, अभिषेक रिजाल र भरत खवासले फरवार्डको रुपमा टोलीमा अटाउनुभएको छ ।
‘थ्री नेशन्स कप’को पहिलो खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० को हार बेहोरेको थियो । प्रतियोगिताको फाइनलमा पुग्न किर्गिस्तानले नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब हुन्छ । नेपालले भने घरेलु दर्शकको समर्थनमा किर्गिस्तानलाई हराए स्वतः फाइनलको लागि बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?