logo
२०८० चैत्र १६ शुक्रवार



राप्ती राजमार्ग दैनिक सात घण्टा बन्द हुने

खुला |
प्रदेश |


राप्ती राजमार्ग दैनिक सात घण्टा बन्द हुने


गोकर्ण पौडेल
तुलसीपुर, माघ १४ गते । राप्ती राजमार्ग आइतबारदेखि दैनिक सात घण्टा बन्द हुनेभएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ को चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो ।

इन्जिनियर महर्जनकाअनुसार माघ १६ गतेदेखि २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने भएको छ । सो सडक स्तरोन्नतिकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।

अत्यावश्यक एकतर्फि रुपमा सवारी साधनका लागि पैयाँखोर (कपुरकोट) डाईभर्सन प्रयोग गर्न सकिने बताइएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड साँघुरो हुँदा दैनिकजसो दूर्घटना हुँदैआएका छन् । तीन दिनअघि मात्रै त्यस सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेर नरबहादुर घर्तीमगरको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?