logo
२०८१ बैशाख ६ बिहीवार



अफगानिस्तानमा तत्कालै तीन अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा तत्कालै तीन अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसङ्घ


संयुक्त राष्ट्रसङ्घ, माघ १३ गते । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसङ्घको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ । यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसङ्घले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो । त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसङ्घको समूहले जनाएको हो ।

यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि वञ्चित हुन पुगेका बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?