logo
२०८१ बैशाख ४ मंगलवार



समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन

शिक्षा |
खुला |


समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन


काठमाडौं, माघ ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो ।

“कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्”, उहाँले भन्नुभयो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको मन्त्रीलाई जानकारी गराउनुभयो । “जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनप¥यो”, मन्त्रीले भन्नुभयो ।

मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र नतिजा निकाल्ने बताउनुभयो ।

उहाँले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीलाई ‘सिस्टम’ सिक्न एक वर्ष लाग्ने बताउनुभयो । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?