logo
२०८० चैत्र १६ शुक्रवार



रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
सांकेतिक तस्बिर


याउन्दे, माघ १० गते । अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ ।

आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ ।

“सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर छ,” मन्त्री रेने इमानुयल सादीले भन्नुभयो ।

मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दागर्दै धेरै मानिसलाई आगोले छोएको थियो ।

घटना बारे थाहा पाउने बित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक थिए । रात्रि क्लबमा रहेकामध्ये प्रायः युवायुवती थिए ।

आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने ढाेका एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?