logo
२०८० चैत्र १५ बिहीवार



पाकिस्तानमा विद्यालय बन्दको घोषणा

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा विद्यालय बन्दको घोषणा


इस्लामावाद, माघ ८ गते । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ ।

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सबैप्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ । पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?