logo
२०८० चैत्र १६ शुक्रवार



टी–२० विश्वकप छनोटअघि नेपालले सिरिज खेल्ने

क्रिकेट |
खेलकुद |


टी–२० विश्वकप छनोटअघि नेपालले सिरिज खेल्ने


काठमाडौँ, माघ ६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अघि ओमानमा चार देश सहभागी टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपालले आयरल्यान्ड, यूएई र घरेलु टोली ओमानासँग टी–२० खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले विश्वकप ग्लोबल छनोटअघि तयारी स्वरुप अभ्यास खेल खेल्न लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिनुभयो । ग्लोबल छनोटका लागि क्यानले बिहीबारनै सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?