logo
२०८० चैत्र १५ बिहीवार



माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

राष्ट्रिय |


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

‘आज बिहान अध्यक्ष प्रचण्डको कोरोना टेष्ट गरिएको थियो, रिपाेर्ट नेगेटिभ आएको छ,' उहाँले भन्नुभयाे । पुस २३ गते पीसीआर परीक्षण गरेपछि उहाँमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड  अपनाउँदै हाेम आइसोलेसनमा  बसेर स्वास्थ्य लाभ लिइरहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?