logo
२०८० चैत्र १५ बिहीवार



हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु

प्रदेश |


हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु


चितवन, माघ २ गते । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परी सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बागलुङ्को फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जङ्गली हात्ती ध्रुर्वेले आक्रमण गरेको थियो ।

दुई वर्षको पोथी गैँडा म-यो

निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
गैँडाका खाग र खुर सुरक्षित छ । योसँगै निकुञ्जमा चालू आर्थिक वर्षमा २० गैँडा मरेकामा १८ वटा प्राकृतिक कारणले र दुई सिकारीले मारेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?