logo
२०८१ बैशाख १३ बिहीवार



इन्डोनेसियाको पपुवा प्रान्तमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित

अन्तर्राष्ट्रिय |


इन्डोनेसियाको पपुवा प्रान्तमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित


जाकार्ता, पुस २३ गते । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, ‘बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ ।’

अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ, मुहारीले भने । उद्धारकर्ताहरूले तीनवटा डुङ्गा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?