logo
२०८० चैत्र १६ शुक्रवार



रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन

अन्तर्राष्ट्रिय |


रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन


जोहान्सबर्ग, पुस ११ गते । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेल्नु भएका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ । नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गर्नुभएको छ ।

राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताउनुभएको छ । उहाँले “स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले अग्रस्थानमा रहेर सहयोग गर्नुभएको उहाँ बताउनुभएको छ । नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहनुभएको थियो ।

सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बन्नु भएको थियो । अश्वेत जातीका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनुभएको तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?