logo
२०८१ बैशाख ८ शनिवार



म्यानमारमा पहिरो, कम्तीमा एकको मृत्यु, ७० बेपत्ता

अन्तर्राष्ट्रिय |


म्यानमारमा पहिरो, कम्तीमा एकको मृत्यु, ७० बेपत्ता



याङ्गुन, पुस ७ गते । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ ।
चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकामध्ये सबैजसो मजदुर रहेको जनाइएको छ ।

बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ । उनीहरु त्यहाँ न्यून ज्यालामा काम गरेका थिए । सो खानीबाट वार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन् ।“घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,” उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।“हामीले घटनास्थलबाट जीवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,” उहाँले भन्नुभयो । घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २०० जना परिचालित भएको पनि उहाँले जानकारी दिनुभयो । खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीको प्रयोग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?