logo
२०८० चैत्र १६ शुक्रवार



‘ए’ डिभिजन लिगमा च्यासल र एनआरटीले अंक बाँडे

फुटबल |
खेलकुद |


‘ए’ डिभिजन लिगमा च्यासल र एनआरटीले अंक बाँडे


काठमाडौँ, मङ्सिर १८ गते । च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

च्यासलका लागि रुमेश बर्तौलाले सुरुवाती गोल गर्नुभयो । एनआरटीका दीपेश घलेले बराबरी गोल फर्काउनु भएको थियो । प्रतिस्पर्धात्मक खेलमा रुमेशले ४३औँ मिनेटमा कमल श्रेष्ठको पासमा गोल गर्दै च्यासललाई अग्रता लिनाउनुभयो ।

त्यसपछि अतिरिक्त खेलाडीको रुपमा मैदान छिर्नुभएका एनआरटीका दीपेशले ७८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । अशोक थापाको स्थानमा मैदान छिर्नासाथ दीपेश गोल गर्न सफल हुनुभएको हो ।

च्यासलका कप्तान विराज महर्जन ‘म्यान अफ दी म्याच’ हुनुभयो । च्यासलकै रुमेश बर्तौलाले ‘इमर्जिङ प्लेयर’ को पुरस्कार जित्नुभयो । बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक बनाएको छ । समान खेलबाट एनआरटीको दुई अंक पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?