logo
२०८१ बैशाख ६ बिहीवार



अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि


वाशिंगटन, मङ्सिर १७ गते । संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो ।

‘केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो । सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन् । उनले खोप लिएकी तिइन तर बुस्टर डोज भने लिएकी थिइनन्,’ गभर्नरले थप्नुभयो । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन् । ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो ।

नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन् ।

राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा कोभिड भाइरस र नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच(बुदे योजना घोषणा गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?