logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस १४ औँ महाधिवेशनको स्वास्थ्य समितिले पायो पूर्णता

राष्ट्रिय |
राजनीति |


काँग्रेस १४ औँ महाधिवेशनको स्वास्थ्य समितिले पायो पूर्णता


काठमाडौं, मङ्सिर १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन स्वास्थ्य समितिले पूर्णता पाएको छ । काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित स्वास्थ्य समितिमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, मंगलप्रसाद थारु, विष्णुविक्रम थापा र डा. टि.एन. योगी रहनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा डा. लोचन कार्की, डा. बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा. अञ्जनीकुमार झा, डा. केदारनरसिंह के.सी., डा. भुपेन्द्रकुमार बस्नेत, डा. सुरेन्द्र देउवा, डा. मनबहादुर केसी, डा. शिव श्रेष्ठ, डा. अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल, जानकी के।सी।, रामचन्द्र अधिकारी, रमिला चौलागाई, रामजी पन्त (मुकेश), पासाङ्ग नुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर), राजीवजंग बस्नेत, रोशनी के.सी. र डा. दिपेन्द्र पराजुली रहनुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयले बिहीबार एक विज्ञप्तीमार्फत स्वास्थ्य समितिले पूर्णता पाएको जानकारी गराएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?