logo
२०८० चैत्र १६ शुक्रवार



शिवलिङ्ग स्थापनाको अवसरमा लोपोन्मुख कुस्ती खेल खेलिँदै

खेलकुद |


शिवलिङ्ग स्थापनाको अवसरमा लोपोन्मुख कुस्ती खेल खेलिँदै



लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक ११ गते । शिवलिङ्ग स्थापनाको अवसरमा शहीदनगर नगरपालिकामा कुस्ती खेल सुरु भएको छ ।
धनुषाको उक्त नपा वडा नम्बर ९ गोठकोयलपुरमा शिवलिङ्ग स्थापनाको अवसरमा बुधबारदेखि लोप हुँदै गएको कुस्ती खेल सुरु भएको हो ।
धनुषा क्षेत्र २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री उमाशङ्कर अरगरिया, शहीदनगरका नगर प्रमुख उदयकुमार बरबरिया यादव , वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गर्नुभएको थियोे ।
पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले, ‘राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्तासमेत व्यक्त गर्नुभएको थियो ।
गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रापछि शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीले जानकारी दिए । स्थानीयका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला लागेको छ ।
मेला समितिले आयोजना गरेको कुस्ती हेर्न सो दिन सर्वसाधारण उर्लिएको देखिएको थियो । कुस्ती हेर्न खेलप्रेमी आएका थिए । कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा बढी आकर्षण देखिएको थियो । उक्त खेलमा नेपाल र भारतका पहलवानहरु कुस्ती खेल्न आएका छन् । सो खेल बिहीबार सम्पन्न हुनेछ ।
शहीननगर नगरपालिकामा कुस्ती खेलको उद्घाटन गर्दै पूर्वमन्त्री एवं सांसद उमाशङ्कर अरगरिया, उक्त पालिकाका प्रमुख उदयकुमार बरबरिया यादवलयागत अन्य । तस्बिरः नगरप्रमुख उदयकुमार बरबरिया यादवको फेसबुक वालबाट । धनुषा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?