logo
२०८० चैत्र १६ शुक्रवार



स्तरोन्नति हुँदै भक्तपुर अस्पताल

खुला |


स्तरोन्नति हुँदै भक्तपुर अस्पताल


शिवा तामाङ

भक्तपुर, कात्तिक ११ गते । भक्तपुर अस्पतालमा बालबालिकाका लागि २० र वयस्कका लागि १६ श-या गरी ३६ वटा नयाँ आईसीयू र एनआईसीयू सेवा सञ्चालनको तयारी पूरा गरिएको छ । बिरामीको चाप र सेवा विस्तारका लागि आईसीयू र एनआईसीयू गरी पुनः थप ३६ शøया थप गर्न लागिएको अस्पतालले जनाएको छ ।
भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित ११७ वर्ष पुरानो सो अस्पतालमा गत वर्ष मात्र छवटा सघन उपचार कक्ष सञ्चालनमा ल्याइएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले नवजात शिशु, केही ठूला र वयस्कका लागि नयाँ आईसीयू र एनआईसीयू सञ्चालनको तयारी पूरा भएको र त्यसको सञ्चालनका लागि थप जनशक्ति माग भइसकेको जानकारी दिनुभयो । जनशक्ति प्राप्त हुनासाथ सेवा सञ्चालन हुनेछ । हाल बागमती प्रदेशअन्तर्गत सञ्चालित सो अस्पताल वीर अस्पतालपछि नेपालकै दोस्रो ठूलो अस्पतालका रूपमा स्थापना भएको थियो ।
प्रमुख डा. गौतमले यस अस्पतालबाट प्रवाह हुने सेवामा स्तरोन्नति र कार्यरत जनशक्तिको मनोबल बढाउन लागिएको बताउनुभयो । अस्पताल व्यवस्थापन, कर्मचारीलगायत सबैको मेहनतले अस्पतालको सेवामा सुधार भइरहेको दाबी उहाँले गर्नुभयो ।
सूर्यविनायक–५, कुटुन्जेका प्रतीक कार्कीले अस्पतालले दिने सेवामा विगतभन्दा निकै सुधार भएको बताउनुभयो । दूरीको हिसाबले नजिक पर्ने भएकाले विगत १५ वर्षदेखि यो अस्पतालमा सेवा लिन थालेको बताउनुहुने कार्कीले पहिले त रक्तचाप (प्रेसर)का बिरामीसमेत रेफर गर्ने अस्पतालले अहिले विश्वसनीय सेवा प्रवाह गर्न थालेको प्रतिक्रिया दिनुभयो ।
अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ खाइतूले भौतिक संरचना तथा सेवा दिन सामग्री, जनशक्तिको कमीका कारण अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता अहिले हटेको बताउनुभयो । “कोरोना महामारीमा समेत यहाँ राम्रो सुविधासहितको उपचार गर्न सफल भयौँ । बीमाको सुविधा छ । अस्पतालमा कार्यरत कर्मचारीले आफ्नो ड्युटीपछि पनि सेवा दिने वातावरण छ”, उहाँले भन्नुभयो ।
भक्तपुर अस्पताल १९६१ साल असार १७ गते ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना भएको थियो । १५ श-याबाट सुरु गरिएको यो अस्पताल २०२८ सालमा ५० शøयामा विस्तार भई जिल्लास्तरीय अस्पतालका रूपमा सेवा सुचारु भएको थियो ।
प्रमुख गौतमले मुटु रोगबाहेक सबै प्रकारका सेवा सुचारु भएको अस्पतालमा हाल १५० शøया रहेकोमा छिट्टै दुई सय पु-याइने दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?