logo
२०८० चैत्र १६ शुक्रवार



५८२ जना नयाँ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

स्वास्थ्य |


५८२ जना नयाँ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु


काठमाडौं, कात्तिक १० गते । पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ३२८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा हाल १० हजार ३७५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?