logo
२०८० चैत्र १६ शुक्रवार



आधाभन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी

अन्तर्राष्ट्रिय |


आधाभन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी
सांकेतिक तस्बिर


काबुल, कात्तिक ८ गते । आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?