logo
२०८० चैत्र १६ शुक्रवार



५३५ जना नयाँ सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

स्वास्थ्य |


५३५ जना नयाँ सङ्क्रमित थपिए, १३ जनाको मृत्यु


काठमाडौं, कात्तिक ३ गते । पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ४०४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?