logo
२०८० चैत्र ६ मंगलवार



  न्याय सेवाका करीब चारसय कर्मचारीकाे पदस्थापन तथा सरुवा (सूचिसहित)

राष्ट्रिय |


  न्याय सेवाका करीब चारसय कर्मचारीकाे पदस्थापन तथा सरुवा (सूचिसहित)


गोरखापत्र अनलाइन
काठमाडौं,असोज ८ गते । न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले करिब चार सय  न्याय सेवाका कर्मचारीकाे पदस्थापन तथा सरुवा गरेको छ ।
बैठकले राजपत्रांकित प्रथम श्रेणी कानुन समुहतर्फ आठ जनालाई सरुवा गरेको छ ।
यस्तै राजपत्रांकित द्वितीय श्रेणी कानुनतर्फ नौ जनालाई सरुवा गरेको गरेको छ भने कानुन समुहमा एक जना,सरकारी वकील समुहमा ५५ जनालाई सरुवा गरेको छ
राजपत्रांकित तृतिय श्रेणीतर्फ न्याय समुहमा १०३ जना, कानुन समुहमा ३४ जना,सरकारी वकील समुहमा ५८ जनालाई सरुवा गरेको छ ।
यस्तै पदस्थापनमा राजपत्रांकित तृतिय श्रेणीतर्फ नेपाल न्याय सेवा,न्याय समुहमा खुलामा १०९ जना,महिला २९ जना,आदिवाशी जनजाती २४ , मधेसी नौ ,दलित सात ,अपांग पाँच,पिछडिएको क्षेत्र चार जनाको जान सिफारीस गरेको छ ।
कानुन समुहमा खुलातर्फ १९, महिला पाँच,आदिवासी जनजाती चार,मधेशी चार, दलित एक,अपांग एक जनाको नाम सिफरिस छ । सरकारी वकिल समुहमा खुल्लामा आठ,महिला तीन,आदिवासी जनजाती दुई,मधेसी दुईर पिछडिएको क्षेत्रमा एक जनाको नाम सिफरीस भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?