logo
२०८१ बैशाख ६ बिहीवार



सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछः अध्यक्ष नेपाल

फिचर |
राष्ट्रिय |


सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछः अध्यक्ष नेपाल


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनबीचमा छिट्टै संरचना निर्माण हुने बताउनुभएको छ । बिहीबार सो दलको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्नुहुदै अध्यक्ष नेपालले पाँच दलीय सत्ता गठबन्धनको सन्दर्भमा केन्द्रमा दस्तावेज निर्माण एवम् पास हुने तयारी भइरहेको बताउनुभयो ।

“पाँच दलीय सत्ता गठबन्धनको नामाकरणको विषयमा अहिले छलफल भइरहेको छ, यसलाई पाँच दलको राजनीतिक मोर्चा भन्ने या अग्रगमन मोर्चा भन्ने विषयमा छलफल भइरहेको छ, हिजोको बालुवाटार बैठकमा पनि यसमा जोड दिएका छौं” अध्यक्ष नेपालले भन्नुभयो । यी दस्तावेजको आधारमा प्रदेश, जिल्ला र पालिका सबै स्तरमा पाँच दलबीचमा समन्वय समितिहरु पनि निर्माण गरिने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले आगामी चुनाव र सो पछि पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिन चाहेको बताउनुभयो ।

यो सरकार ढल्छ र सत्ता गठबन्धन टुट्छ भन्ने विषयमा कुनै सत्यता नरहेको बताउनुहुँदै उहाँले पाँच दलीय सत्ता गठबन्धनबीचको सम्बन्ध सुमधुर रहेको पनि बताउनुभयो । आफूहरुको सशक्त उपस्थिति रहेका कारण संसद थप सशक्त र प्रभावकारी ढंगबाट अघि बढ्ने दावी उहाँले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?