logo
२०८० चैत्र १६ शुक्रवार



जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए

अन्तर्राष्ट्रिय |


जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए
तस्विर-फाइल


जलालाबाद, असोज ६ गते । पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको। मृत्यु भएको छ ।

सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

रिक्शामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् ।

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरुमा परी कम्तीमा दुई व्यक्तिको मृत्य्ु पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ । आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?