logo
२०८० चैत्र १६ शुक्रवार



उज्ज्यालो बन्दै महाकुलुङ गाउँपालिका

अर्थ |
प्रदेश |


उज्ज्यालो बन्दै महाकुलुङ गाउँपालिका


सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, असोज २ गते । सोलुखुम्बुको दुर्गममा रहेको महाकुलुङ गाउँपालिकाले ग्रामीण विद्युतिकरणका लागि सामुदायिक ग्रामिण विद्युतीकरण विभागसँग सम्झौता गरेको छ ।

सामुदायिक ग्रामिण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको गरी जम्मा १५ करोड रुपियाँको लागतमा हुने विद्युतीकरणका लागि गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष सागर किराँती र विभागको तर्फबाट निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

गाउँपालिकाका पाँचैवटै वडामा विद्युतीकरणका लागि सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । महाकुलुङसम्मका लागि १६ थान ट्रान्सफर्मर प्रयोग हुने बताइएको छ । जसमा एक सय केभिए सात थान, ५० केभिए एक थान, २५ केभिए सात थान ट्रान्सफर्मर प्रयोग गरिनेछ । त्यस्तै, स्टील ट्युबलर ११ मिटरको ९६२ थान र आठ मिटरको एक हजार ३६६ थान प्रयोग गरिने सम्झौतापत्रमा उल्लेख छ ।

विद्युतीकरणका लागि चाँडै टेण्डर आव्हान हुने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । उज्यालो गाउँपालिका बनाउने उद्देश्यलाई पूर्णता दिन सम्झौताले सहयोग पुग्ने उहाँको भनाइ छ । अहिले त्यस क्षेत्रमा लघुजलविद्युत आयोजनाबाट विद्युत आपूर्ति भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?