logo
२०८१ बैशाख १३ बिहीवार



सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

अन्तर्राष्ट्रिय |


सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा
तस्विर–फोरेन पोलिसी


मस्को, भदौ २९ गते।
सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गर्नुभएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ ।
सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो । ‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भन्नु भो ।
सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भन्नुभो– उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ । आतङ्कवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले बताउनुभो ।
सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताउनुभो । यस बैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सामेल हुनुभएको थियो । दुबै पक्षहरुबीच सिरियामा विदेशी हस्तक्षेप बिना राजनीतिक सम्झौताहरु हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ ।
पुटिन र असदबीच “आर्थिक सहयोग“ को विषयमा पनि थप छलफल भएको बताइएको छ । सिरियाको लागि रुसले राजनीतिक र सैन्य समर्थन गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?