logo
२०८१ बैशाख १३ बिहीवार

उपत्यकाका विभिन्न स्थानमा डुबान, खोकनामा बागमतीकाे सतह चार मिटर पुग्याे (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-06-46032
तस्बिर : सुजन गुरूङ / गोरखापत्र


काठमाडौं, भदौ २१ गते । आइतबार रातीदेखि परेको भारी वर्षाका कारण बागमती नदीको खोकना क्षेत्रमा बाढीको सतह चार मिटर नाघेको छ । बाढीको खतराको तह पार गरेको भन्दै जल तथा मौसमविज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी पूर्वनुमान महाशाखाको तथ्याङक अनुसार बागमती खोलाको खोकना क्षेत्रमा पानीको सतह चार मिटर पार गरेको छ, यस क्षेत्रमा ३.५ मिटर पानीको सतहलाई सतर्कता तह र चार मिटरभन्दा माथि खतराको सतह मान्ने गरिएको छ । सोमबार बिहान ११ः३० बजे सम्म पनि खोकना क्षेत्रमा पानीको सतह घटेकाे छैन ।
त्यस्तै गरी निरन्तर पानी परेपछि पश्चिम राप्ती नदीको बाँके क्षेत्र र बागमती नदीको भक्तपुर क्षेत्रमा पानीको सतहले खतराको सतह पार गरेको छ । पश्चिम राप्तीमा १३३ मिलिमिटर र बागमतीमा १२२ मिलिमिटर पानी परेको छ ।