logo
२०८० चैत्र १५ बिहीवार

चर्चित सदगुरु नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरी फिर्ता (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-02-45763


राजन रावत
हुम्ला, भदौ १७ गते । पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी सद्गुरु फिर्ता हुनु भएको छ । दर्शनपछि लिमीको तुम्लिङ रहनुभएका उहाँ आज बिहान हेलिकोप्टरबाट सिमकोट फिर्ता भएर नेपालगञ्जतर्फ लाग्नु भएको हो । 
पर्यटन व्यवसायी विजय लामाले लक्ष्य पूरा गरेर सदगुरु फिर्ता हुनुभएको बताउनुभयो । उहाँका अनुसार सद्गुरुले लाप्चाबाट मानसरोवर कैलाशको पैदल र हेलिकोप्टरबाट दर्शन गर्नुभएको थियो । लिमीको तुम्लिङमा तीन रात बिताउनुभएका गुरुले  गत मङ्गलबार पैदल, बुधवार हेलिकोप्टरबाट दर्शन गर्नुभएको थियो । गत भदौ ९ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै सिमकोट आउनुभएका उहाँ १० गते पैदल मार्गबाट लाप्चातर्फ लाग्नुभएको थियो । ११ दिने यात्रा तय भए पनि गुरुको टोली  नौ दिनमै दर्शन गरेर सिमकोट फिर्ता हुनुभएको छ । यात्राप्रति निक्कै सन्तुष्ट रहनु भएका गुरुले सिमकोट विमानस्थलमा यात्रा फलदायी भएको बताउनुभयो । उहाँसँग ४९ जना विभिन्न देशमा एनआरएन र ५५ जना नेपाली पर्यटन व्यवसायीहरू संलग्न हुनुहुन्थ्यो ।