logo
२०८० चैत्र १६ शुक्रवार



मेलम्ची बाढीकाे भौगर्भिक अध्ययन गर्न विज्ञ टोलीे भेमाथाङ पुग्याे

खुला |


मेलम्ची बाढीकाे भौगर्भिक अध्ययन गर्न विज्ञ टोलीे भेमाथाङ पुग्याे


मकुन्द गैरे
काठमाडौं, साउन २२ गते । बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोलीे भेमाथाङ पुगेको छ । आज विहान ११ बजे उक्त टोली हेलिकोप्टर मार्फत अध्ययनको लागि त्यसतर्फ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले प्राविधिक टोली भेमाथानमा रहेको उहाँले जानकारी दिनुभयो । प्राविधिक टोलीले बाढी र पहिरोको के कसरी भयो भनेर विस्तृत अध्ययन गर्ने छ । बाढी अर्थात लेदो बगेको मुहानमै चार दिन बसेर अध्ययन गरिने प्रवक्ता अर्याले बताउनुभयो ।

अध्ययनको लागि चाहिने उपकरणको साथै ड्रोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिने छ । ड्रोन सहितकाे प्राविधिक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जानु भएको समेत उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर चार दिन टोली अध्ययनको लागि रहने छ ।

साथै बस्दो बस्तीका सामानकासाथ स्थानीय गाइड पनि रहनु भएको उहाँले बताउनुभयो । सिन्धुपालचोकको भेमाथाङको माथिनै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले बताउनुभयो । उहाँहरु त्यस तर्फ पुगे पनि उक्त ठाउँमा फोन नलाग्ने भएकोले आज के–के भयो भन्नेबारे जानकारी लिन नसकेको उहाँले बताउनुभयो ।

स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण थाहा हुने उहाँले बताउनुभयो । यस अघि पनि विभिन्न सरोकारवाला निकायको टोली त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भएता पनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।

अध्ययन पछि लेदोको बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हुन सक्ने छ ।मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठुलो नोक्सानी गरेको छ । खाने विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा टोली गएको हो ।

सो टोलीमा विभागका अर्को भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहनु भएको छ । मेलम्चीमा बाढी र लेदो बग्न नरोकिए पछि त्यस क्षेत्रका बस्ती समेत जोखिममा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप