logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
तस्विर-सीएनएन


नुरिस्तान, अफगानिस्तान, साउन १७ गते।
अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।
“नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले भन्नुभयो ।
यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् । अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ ।
“जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,” नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताउनुभयो ।
गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?