logo
२०८० चैत्र १६ शुक्रवार



काली गण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन् 

खुला |


काली गण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन् 


     
बागलुङ,साउन १७ गते । बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो । बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?