logo
२०८१ बैशाख ८ शनिवार



खर्कालुको उपचार गर्न चिकित्सक पुगे रानीखर्क

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


खर्कालुको उपचार गर्न चिकित्सक पुगे रानीखर्क


राजन रावत
हुम्ला, साउन १७ गते । बझाङ, बाजुरा र हुम्ला जिल्लाको सिमाना रानी खर्कमा पुगेर खर्कालुहरुको उपचार गर्नुभएको छ । खकालुहरु बिरामी भइरहने जानकारी आएपछि नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा उच्च स्थानमा रहेको खर्कमै पुगेर उपचार गर्नुभएको हो ।
गत जेठ महिनाबाट रानी खर्कमा पशुबस्तु हेदै आउनुभएकी नाम्खा गाउँपालिका–३ की लामु लामाले चिकित्सकै आएर खर्कालुहरुले उपचार गर्न पाएको बताउनुभयो । गाउँपालिका केन्द्र याल्बाङबाट एकदिन पैदल हिडेर चिकीत्सकको टोली रानीखर्क पुगेर उपचार गरेको हो । डाढ दुख्ने रोगले पीडित उहाँले खर्कमा घरेलु उपचार विधि गर्दा सन्चो नभएको बेला चिकित्सक पुगेर उपचार गर्दा निक्कै राहत मिलेको बताउनुभयो । उहाँले तीन हजार ५१० मिटर अग्लो स्थानमा पशुपालन गर्दै आउनुभएका सबै खर्कालुहरुले उपचार गर्न पाएको बताउनुभयो ।
अर्की बाथरोग बिरामी खाण्डो लामाले खर्कमा पहिलो पटक उपचार गर्न पाएको बताउनुभयो । यसअघि बिरामी भए घरमा खबर गरेर औषधी झिकाउने वा जटिल बिरामी भए बोकेर स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल पुर्याउनुपर्ने विकल्प नभएको समयमा उहाँले चिकित्सक नै आएर खर्कमै उपचारको व्यवस्थाले सहयोग मिलेको बताउनुभयो । स्वास्थ्य जाँच गर्ने क्रममा प्रत्येक खर्कालुलाई कुनै न कुनै समस्या देखिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले खर्कमा बस्दै आएका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका खर्कालुहरु र जडीबुटी सङ्कलन गर्न पुगेका बाजुरा र जुम्लाबाट आएका ब्यक्तिहरुको पनि उपचार भएको बताउनुभयो । उहाँले गाउँपालिकामा रानीखर्कमा बिरामी भएको जानकारी आएपछि दुई दिने स्वास्थ्य उपचार कार्यक्रम लिएर उतै पुगेको बताउनुभयो । उपचारकै लागि गाउँपालिकाले चिकीत्सकको व्यवस्था गरेर चेकजाँच कार्यक्रम सञ्चालन गरेको हो । सबै खर्कालामा केही केही समस्या देखिएको बताउदै उहाँले स्वास्थ्य जाँचपछि औषधीको पनि उपलब्ध गरिएको बताउनुभयो । बालबालिकादेखि असी वर्ष उमेरका १५२ जना खर्कालुहरुको निशुल्क उपचारको ब्यवस्था गरिएको थियो । खर्कमा विशेष गरी बाथ, श्वासप्रश्वास, दम, ग्यास्टिक, रुघाखोकी, एलर्जीका बिरामीहरुको उपचार गरिएको थियो । खर्कालुलाई परिवार नियोजनका साधन वितरण र उपचार पनि गरिएको थियो । बिरामीको उपचारका लागि रानीखर्क पुग्नुभएका चिकित्सक नितेश घिमिरेले स्वास्थ्यकर्मी र औषधीसहित टोली पहिलो पटक उच्च स्थानमा पुगेको बताउनुभयो । खर्कालुलाई आधारभूत औषधी वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामा, उपाध्यक्ष पेमा लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेकाे  टोली पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?