logo
२०८० चैत्र १५ बिहीवार



दार्चुला घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

राष्ट्रिय |


दार्चुला घटनाप्रति काँग्रेसको ध्यानाकर्षण


गोरखापत्र अनलाइन

काठमाडौं, साउन १५ गते । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण साे घटना भएको घटना सार्वजनिक भए पश्चात् जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ’, शर्माले शुक्रबार जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ ।वक्तव्यमा घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकार समक्ष माग समेत गरिएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?