logo
२०८१ बैशाख ८ शनिवार



नेपाल–भारतका जनप्रतिनिधिले मनाए साउन पन्ध्र, खिर खाएर बैतडीको तिरखेडेनीमा रोपाइँ

फिचर |
प्रदेश |


नेपाल–भारतका जनप्रतिनिधिले मनाए साउन पन्ध्र, खिर खाएर बैतडीको तिरखेडेनीमा रोपाइँ


गोकर्ण दयाल
बैतडी, साउन १५ गते । नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधिले सयुक्त रुपमा साउन–१५ को अवसरमा खिर खाएर बैतडीको तिरखडेनीमा सयुक्त रोपाइँ गरेका छन् । बैतडीको दशरथ चन्दन गरपालिका–१०, तिरखडेनीमा महाकालीनदीको पानी लिफ्ट गरेर सिँचाई सुविधा पुगेपछि मकै भाँचेर पहिलो पटक गाउँमा रोपाइँभएको हो ।

रोपाइँ कार्यक्रममा बैतडीको दशरथचन्द नगरपाकिलाका नगर प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, नेपाली काँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्द र भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी राम, सदस्य उमेशचन्द्र भट्ट लगायत बैतडीको तिरखडेनीमा रोपाइँ विशेष कार्यक्रमा सहभागीहुनु भएको थियो ।

छेउमै महाकाली बगे पनि सदियौंदेखि आकाशे पानीको भरमा खेतीगर्दै आईरहेका तिरखडेनीवासीले पहिलो पटक महाकालीको पानीबाट रोपाइँगर्न पाएकोमा बाजा गाजासहित नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधि र लिफ्ट सिँचाई योजना निर्माण गर्ने संस्थाका पदाधिकारीलाई स्वागत गरेका थिए ।

महाकालीनदीको पानीलिफ्ट गरेर गाउँमा सिँचाई पुगेपछि एक वर्षमाचार वटा खेतीगर्न पाएको स्थानीय महिला किसान शान्ति बुडालले बताउनुभयो । अगुवामाहिलाकिसान बुडालले भन्नुभयो, –‘ छेउमै महाकालीनदी बगे पनि गाउँमा पानीको हाहाकार थियो । आकाशे पानीको भरमा वर्षमामुश्किलले दुईवटा खेतीहुन्थ्यो ।

अहिले महाकालीको पानीलिफ्ट गरेर गाउँमा सिँचाई सुविधा पुगेपछि एक वर्षमा तरकारी खेती, गहुँबाली र मकै बाली भित्र्याएर अहिले चौथो बालीको रुपमा रोपाइँसमेत गर्न भ्याएका छौं ।लिफ्ट सिँचाई निर्माण गर्ने रुडेस संस्थालाई भउतै धन्यवाद छ । ’खिर खाएर तिरखडेनी गाउँमा रोपाइँगर्न सहभागीहुनु भएका बैतडीको दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्रसिंह थापाले महाकाली नदीबाट पानी लिफ्ट गरेर सिँचाई योजना निर्माण गर्ने स्थानीय रुडेस संस्थालाई धन्यावाद दिनुभयो ।

नरप्रमुख थापाले भन्नुभयो,‘नगरपालिकाले १५ लाख रुपियाँ बजेट बिनियोजित गरेको थियो । महाकाली नदीबाट पहिलो पटक नेपाली गाउँमा लिफ्ट सिँचाई योजना पूरा गर्न सामाजिक संस्था रुडेसले प्राविधिक सहयोग गरेकोमा निकै खुशीलागेको छ ।’पहिलो पटक महाकालीनदीको पानीलिफ्ट गरेर नेपाली गाउँमा सिँचाई पुर्याउननिकै संघर्ष गर्नु परेको स्थानीय सामाजिक संस्था रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जोशीले बाताउनुभयो ।
जोशीले भन्नुभयो,‘हामीले अक्सफाम नेपालको सहयोगमा महाकालीनदी तटीय क्षेत्रका बासिन्दाका लागि सीमानदीको पानीको सदुपयोग परियोजना ( ट्रोसा) सञ्चालन गरिरहेका छौं । नदी तटीय क्षेत्रका बासिन्दाका समस्या पहिचानगर्ने क्रममा तिरखडेनी गाउँका महिलाले छेउमै महाकालीनदी बगे पनिगाउँमा पानीको हाहाकार भएको गुनासो राख्नुभयो ।

खेतबारी बाँझो थियो,’ कार्यकारी निर्देशक जोशीले अगाडि भन्नुभयो,‘ समुदायका समस्या पहिचान गरेर स्थानीय सरकार, प्रदेश सरकार र संङ्घीय सरकारसम्म समस्या राख्यौं । सबै तहको सहकार्यमा महाकाली नदीबाट पहिलो पटक पानी लिफ्ट गरेर बैतडीको तिर खडेनी गाउँमासिँचाई पुर्याउनन सफलभयौं ।’महाकाली नदीको पानीलिफ्ट गरेर नेपालको बञ्चरखेत सिंञ्चितभएको देख्दा निकै खुशीलागेको भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी रामले बताउनुभयो ।

सभापति गोपी रामले भन्नुभयो,‘मित्र राष्ट्र नेपालले महकाली नदीको पानीलिफ्ट गरेर बञ्जर खेत हराभरा गरेको छ । यस्तो रचनात्मक कामबाट महकाली किरानमा बसोबास गर्ने भारतीयले पनि प्रेरणाका रुपमालिएका छौं । हामीपनि अब नेपालबाट सिक्ने छौं ।’कार्यक्रममा सहभागी नेपालीकाँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्दले लिफ्ट सिँचाई योजनाको दिगोपनामा जोड दिदैं महाकाली नदीको पानी पहिलो पटक नेपाली गाउँमा उपभोग गर्न पाएकोमा खुशी व्यक्तगर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?