logo
२०८० चैत्र १५ बिहीवार

टेकुमा कोरोना खोप प्रमाणपत्र लिनेको भीड, सङ्क्रमणकाे जाेखिम

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-22-42575
तस्बिरः विकास द्वारे / गोरखापत्र


काठमाडौं, साउन ७ गते । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ ।

अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको बताउनुभयो । खोप लगाएको प्रमाणपत्र लिन यसरी अस्पतालमा भीड हुन्छ भन्ने कल्पना नै नगरेको उहाँले बताउनुभयो ।

प्रमाणपत्र लिन टेकु अस्पतालको प्राङगढमा देखिएका धेरैजसो विदेश जान लागेका युवावर्ग छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतीक्षा गरिरहेका छन् ।

प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जोन्सन खोप उपलब्ध गराएको थियो । खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ ।

यसैकारणले गर्दा अहिले टेकु अस्पतालमा विदेश जानका लागि खोप लगाएको प्रमाणपत्र दिन आउनेको भीड लागेको डा. शेरबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालको अवस्था अस्तव्यस्त रहेको छ । अस्पतालमा प्रमाणपत्र दिन आएकाहरुको लामो लाइन छ । कोरोना सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम गरिएको छैन भने कुनै पनि स्वास्थ्य मापदण्ड अपनाइएको पाइएको छैन । जसले गर्दा सङ्क्रमणको जोखिम उच्च रहेको डा. पुनले बताउनुभयो ।

उहाँले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेको भीड बढेको बताउनुभयो ।

तस्बिरः विकास द्वारे / गोरखापत्र