logo
२०८० चैत्र १५ बिहीवार



जसपा विवादको मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा शुरु

फिचर |
पढ्नै पर्ने |


जसपा विवादको मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा शुरु


काठमाडौं, साउन ७ गते । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा शुरु भएको छ ।
बिहीबार बिहान ११ बजेदेखि आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँको अनुसार आयोगले आजै बहस सक्ने गरी तयारी गरेको छ । उहाँले दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्नुहुने र अरु अधिवक्ताले केही भन्न चाहनुहुन्छ भने बहस नोट लेखेर दिन सक्नुहुने बताउनुभयो । तर, आजै निर्णय हुन गाह्रो हुने उहाँले बताउनुभयो ।
जसपाको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो । साउन ३ गतेदेखि इजलासमा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । पहिलो चरणको बहस सकिएपछि आयोगदले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?