logo
२०८१ बैशाख ७ शुक्रवार



जमुनाह नाका भएर दुई महिनामा एक लाख ३४ हजार नेपाली भित्रिए

फिचर |
पढ्नै पर्ने |


जमुनाह नाका भएर दुई महिनामा एक लाख ३४ हजार नेपाली भित्रिए


सिराज खान
नेपालगञ्ज, असार ७ गते । दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतमा रोजगारीका लागि गएका एक लाख ३४ हजार भन्दा बढी नेपालीह नेपालगञ्जस्थित जमुनाह नाका भएर नेपाल फर्किएका छन् 
कोरोनाका कारण भारतमा रोजगार गुमेपछि गत दुई महिनाको अवधिमा उनीहरु नेपाल फर्किएको जमुनाह प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार दोस्रोे चरणको कोरोना सङ्क्रमण तीव्र भएपछि शुरु भएको नेपाली फिर्ता हुने क्रम अझै पनि जारी रहेको जनाउँदै तर हाल आएर फर्किनेको सङ्ख्यामा धेरै कमी आएको छ ।
ज्मुनाह प्रहरीका प्रमुख सई सन्तोष खनालले हाल आएर भारतबाट फर्किनेहरुको सङ्ख्या दैनिक ५ सय देखि ७ सयको सङ्ख्यामा रहेको बताउनुभयो । उहाँले शुरुमा यो सख्या दैनिक तीन हजार पुगेपनि पछिल्लो समयमा आएर कम हुँदै गएको बताउनुभयो ।
कोरोना सङ्क्रमण घट्दै गएपछि हाल आएर फेरि रोजगारीका लागि भारत जानेहरु पनि बढ्न थालेको प्रमुख खनालको भनाई छ । हाल रोजगारीका लागि दैनिक ५ सय जना नेपालीहरु भारततर्फ जाने गरेका छन् ।

भारतबाट फर्किनेमध्ये २६३ मा सङ्क्रमण पुष्टि

भारतबाट फर्किएका एक लाख ३४ हजार १७ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमध्ये ५ हजार ५१७ जनामा ज्वरो देखिएकोले उनीहरुको एन्टिजेन मार्फत नाकामै कोरोना परीक्षण गरिएको जमुनाह नाकामा स्थापना गरिएको हेल्थ डेस्कले जनाएको छ ।
५ हजार ५१७ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको र बाँकीको नतिजा नगेटिभ आएको नेपालगञ्ज उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।
भारतको गुजरात, महाराष्ट, पन्जाब र दिल्लीबाट फर्किनेहरुमध्ये हालसम्म २६३ जनामा सङ्क्रमण पुष्टि भएको र उनीहरुलाई नाकाबाटै सोझै एम्बुलेन्स मार्फत उनिहरुको जिल्लामा पठाइएको हेल्थ डेस्कले जनाएको छ ।
भारतबाट फर्किनेहरुको लगत सङ्कलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि जमुनाह नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको थियो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सहकार्यमा जमूनाहस्थित भन्सार कार्यालयको यार्डमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर समेत सञ्चालन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?