logo
२०८१ बैशाख ८ शनिवार



टर्की बाहिरियो, स्वीटजरल्याण्डको सम्भावना जीवितै

फुटबल |
खेलकुद |


टर्की बाहिरियो, स्वीटजरल्याण्डको सम्भावना जीवितै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । स्वीटजरल्याण्डले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुग्ने सम्भावना जीवित बनाएको छ । प्रतियोगिता अन्तर्गत गए राति अबेर सम्पन्न समूह ए को खेलमा स्वीटजरल्याण्डले टर्कीलाई हराएर सम्भावना जीवित पारेको छ । टर्की भने लिगको तीन खेलमध्ये तीन वटैमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
समान चार अङ्क जोडेको वेल्स समूह ए को दोस्रो स्थानमा छ । स्वीटजरल्याण्डले तीन खेलमध्ये एकमा जित हात पार्दै चार अङ्क बटुले पनि गोल अन्तरको आधारमा ऊ तेस्रो स्थानमा रह्यो । समूहगत् चरणको सबै खेल समाप्त भएपछि मात्रै अन्तिम १६ मा पुग्ने टोलिको निक्र्योल हुनेछ । तीन खेलमध्ये तीनैमा जित हात पारेको इटाली समूह ए बाट यसअघि नै अन्तिम १६ मा छनोट भइसकेको छ ।
बाकूमा सम्पन्न खेलमा स्वीटजरल्याण्डले ‘डार्क हर्स’ले परिचित टर्कीमाथि ३–१ को सहज जित हात पार्यो । स्वीटजरल्याण्डको जितमा हेर्डन शकिरी र हरिस सेफेरोभिक नायक साबित भए । सेफेरोभिकले छैटाैं मिनेटमै गोल गर्दै स्वीटजरल्याण्डलाई १–० को अग्रता दिलाउनुभयो । २६ औं मिनेटमा शकिरीले गोल थप्दा स्वीटजरल्याण्डले २–० को अग्रता लियो । स्वीटजरल्याण्डले दोस्रो स्थानमा उक्लिन टर्कीलाई कम्तिमा पाँच गोलको अन्तरले हराउनुपर्ने थियो । स्वीस खेलाडीले आधा दर्जन गरेको गोलको प्रयासलाई टर्कीका किपर यान सोमरले विफल तुल्याउनुभयो ।
दोस्रो हाफमा ६२ औं मिनेटमा टर्कीका लागि इरफान कान काभेसीले ६२ औं मिनेटमा गोल फर्काएपनि शान्त्वना गोल मात्रै रहन गयो । ६८ औं मिनेटमा शकिरीले आफ्नो दोस्रो गोल थप्दा स्वीटजरल्याण्डले टर्कीमाथि ३–१ को जित हात पार्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?