logo
२०८० चैत्र १५ बिहीवार



जापान आइपुगेका युगाण्डा ओलम्पियाडमा सङ्क्रमणको पुष्टि

खेलकुद |


जापान आइपुगेका युगाण्डा ओलम्पियाडमा सङ्क्रमणको पुष्टि
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । टोक्यो ओलम्पिकमा सहभागी हुन जापान आइपुगेका युगाण्डा ओलम्पियाडका एक जना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । टोक्यो ओलम्पियक जुलाई २३ देखि सुरु हुँदैछ ।
गत वर्षका लागि निर्धारित टोक्यो ओलम्पिक कोरोना महामारीले गर्दा स्थगित भएको थियो । यद्यपि जापानमा कोरोना सङ्क्रमित हुने क्रम यथावत रहे पनि टोक्यो ओलम्पिक पूर्वनिर्धारित समयमै हुने भएको छ । बीबीसीका अनुसार नौ सदस्यीय युगाण्डा टोलीका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ । टोलीका सबै सदस्यले पूर्ण खोप लिएका थिए ।
जापान आइपुगेका यूगाण्डाका उक्त टोलिमा बक्सर, प्रशिक्षक र अधिकारीहरु छन् । यूगाण्डा छोड्नु अघि उनीहरु सबै जनाको रिपोर्ट निगेटिभ आएको थियो । तर शनिबार टोक्योको नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्दा टोलीका एकजना स«ङ्क्रमित पुष्टि भएको जापानी अधिकारीहरुले बताएका छन् ।
टोक्यो शहरमा शनिबार ३७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन गत साताको अपेक्षा ७२ जनाले बढी हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?