logo
२०८० चैत्र १६ शुक्रवार

हुम्लाको ताङ्गिन गाउँमा घरघरमा खानेपानीका धारा (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-14-39684
तस्बिर: राजन रावत/गोरखापत्र


राजन रावत
सिमकोट, जेठ ३१ गते । खोलाको पानी सधैँ पिउँदै आएका दुर्गमको ताङ्गिन गाउँका बासिन्दा घरघरमा धारा जडान गरेर खानेपानी पाउन थालेका छन् । शुद्ध पिउने पानी गाउँवासीलाई पुर्याउने वडाको लक्ष्यलाई पूरा गर्न खानेपानी योजना निर्माण भएपछि यो सम्भव भएको हो ।
वडाको रणनीति घरघरमा खानेपानीको धारा निर्माण रहे अनुसार त्यसलाई पूरा गरिएको वडाध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । नाम्खा गाउँपालिकाको वडा नम्बर १ को दुर्गमकाे ताङ्गिन गाउँका पचास घरधुरीमा खानेपानीका धारा जडान भएको उहाँले बताउनुभयो । धारा जडान भएसंगै खोलाका पानी बोकेर पानी प्रयोग गर्न बाध्य स्थानीय शुद्ध पानी प्रयोग गर्ने अबस्थामा पुगेको उहाँले बताउनुभयो । बस्तीका सबै घरधुरीमा खानेपानीका धार जडान भएपछि गाउँ एक प्रकार खुसियाली आएको छ । घरघरीले आफ्नो अवस्था र धारा जडान गर्ने स्थान अनुसार धारा निर्माण गरी पानी प्रयोग गरिरहनुभएको उहाँले बताउनुभयो । यसका लागि ग्रामीण जलस्राेत व्यवस्थापन परियोजना, गाउँपालिका र स्थानीय जनताको जनश्रमदानको लागत साझेदारीमा खोनेपानी योजना सम्पन्न भएर जनताले घरघरमा धारा निर्माण भएर प्रयोगमा आएको परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले बताउनुभयो । जनताको माग र परियोजनाको लक्ष्य पनि शुद्ध खानेपानी पुर्याउन रहे अनुसार दुर्गमको गाउँ खानेपानी निर्माण भएको उहाँले बताउनुभयो । घरघरमा धारय जडान भएसंगै शौचालयमा पानी प्रयाेग गर्न  सहज भएको स्थानीयले बताएका छन् ।