logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



अर्को सूचना नआएसम्मको लागि काठमाडौंमा खोप कार्यक्रम स्थगित

फिचर |
स्वास्थ्य |


अर्को सूचना नआएसम्मको लागि काठमाडौंमा खोप कार्यक्रम स्थगित
सांकेतिक


गाेरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । यस अघि तय भएको काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुटटाइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकोले खोप कार्यक्रम अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरपालिकाले यही जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिने अभियान सञ्चालन गरेको थियो । महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?