logo
२०८१ बैशाख २३ आईतवार

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभाको निर्वाचनमा मतदान जारी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-31-38625


टीकाबहादुर बस्नेत
दाङ, जेठ १७ गते । लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको निर्वाचनमा मतदान सुरु भएको छ । निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमाले र महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहनुभएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भइरहेको छ । मतदान गर्नका लागि तीन वटा मतदान केन्द्र तोकिएको छ । प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख दुई वटा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ भने कोरोना संक्रमित मतदातका लागि पनि छुट्टै मतदान केन्द्र तोएिको निर्वाचन कार्यालय जनाएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । यस निर्वाचनमा कुल मतदाता ३ सय छ । जसमा प्रदेश सांसदको सङ्ख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता  छन् ।