logo
२०८१ बैशाख ४ मंगलवार



तीन महिनादेखि थन्किएका ईलेक्ट्रोनिक्स भ्याकल अब जाँचपास हुने

फिचर |
प्रदेश |


तीन महिनादेखि थन्किएका ईलेक्ट्रोनिक्स भ्याकल अब जाँचपास हुने
तस्बिर दिपकप्रसाद गौतम


दिपकप्रसाद गौतम
वीरगञ्ज , जेष्ठ १६ गते । सरकारले पछिल्लो बजेट भाषणमा ईलेक्ट्रोनिक्स भ्याकलमा लाग्ने केही कर हटाउने र घटाउने गरेपछि वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा तीन महिना देखि थन्किएका ईलेक्ट्रोनिक्स भ्याकलको जाँचपास हुने भएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चुडामणी शर्माका अनुसार पछिल्लो तीन महिना यता एउटा पनि ईलेक्ट्रोनिक्स भ्याकलको जाँचपास भएको छैन । उहाँका अनुसार यस अवधीमा २ चक्के ईलेक्ट्रोनिक्स भ्याकल भने जाँचपास भएका छन् ।

वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा नाका भएर नेपाल भित्रिने ईलेक्ट्रोनिक्स भ्याकल पछिल्लो तीन महिना यता एउटा पनि जाँचपास भएनन् । त्यसअघि छिटफुट जाँचपास गर्दे भित्रिहेका थिए तर पछिल्लो ३ महिनामा एउटा पनि जाँच पास भएन , हिजो बजेट भाषण भयो ईलेक्ट्रोनिक्स भ्याकलमा लाग्ने अन्तशुल्क हटाईयो , भन्सार शुल्क पनि घट्यो अब भने जाँचपास भएर भित्रिन्छन् होला एक भन्सार कर्मचारीले गोरखापत्रसंग भने ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालकहादुर खत्रीले सरकारले कर छुट गरेकाले अब ईलेक्ट्रोनिक्स भ्याकल भित्रिनेक्रम बढ्ने जानकारी दिनु भयो ।

भन्सार यार्डमा करिब ५९ वटा ईलेक्ट्रोनिक्स भ्याकल भन्किएर रहेको उहाँले जानकारी दिनु भयो । गत कार्तिक महिना देखि फागुको दोश्रो हप्ता सम्ममा ९२ वटा चार चक्के ईलेक्ट्रोनिक्स भ्याकल भित्रिएको तथ्याङक देखाउदै उहाँले भन्नुभयो पछिल्लो चार महिनामा नै ४ सय १८ वटा दुई चक्के ईलेक्ट्रोनिक्स भ्याकल भित्रिएको छ ।

पहिले खरिद मुल्यको ४० प्रतिशत भन्सार शुल्क , १२ देखि ६० प्रतिशत अन्तशुल्क , ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने गरेको थियो । हाल आएर भन्सार शुल्क १० देखि ४० प्रतिशतमा पु¥याईएको छ भने अन्तशुल्क हटाईएको र भ्याट तथा सडक दस्तुर यथावत राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?