logo
२०८१ बैशाख १३ बिहीवार

मर्मत तथा नयाँ पाइपलाइनको काम हुँदै (फोटो फिचरसहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-20-37867
तस्बिरः केशब गुरूङ / गोरखापत्र


मुकुन्द गैरे
काठमाडौं, जेठ ६ गते । जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ । स्वास्थ्य मापदण्ड पालना गरि काठमाडौं उपत्यकामा धमाधम पानी परिक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडान देखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मेलम्चीको पानी काठमाडौं आए पछि सुरुमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गरिए पनि अहिले बिस्तारै नयाँ धारामा पनि पानी वितरण बढाउँदै गएको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा १६२ वटा एरिया मध्ये हाल पाँच वटा एरियामा नयाँ पाइपलाइनबाट पानी वितरण भइरहेको छ जसमा एउटा क्षेत्रमा मात्रै पाँचसयदेखि सातसय घरको धारा हुने गरेको उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

कोरोनाको कारण काममा केहि असहज भए पनि नयाँ पाइपलाइनको काम तीव्र गतिमा भएकोले अवको सात महिना भित्र सबै नयाँ पाइपलाइनबाट पानी पठाउने निर्देशनालयको योजना रहेको छ ।
यसै गरि भक्तपुरको कटुन्जेमा पानी पोखरी बनाउने काम पनि भइरहेको छ ।

कुनै ठाउँमा काम गर्ने श्रमिकलाई कोरोना देखा परे पछि काममा केहि प्रभाव परेको भए तापनि समग्रमा हेर्दा काम सके जतिको काम भइरहेको आयोजना निर्देशनालयको भनाई छ । जिल्ला प्रशासन कार्यालयबाट पासको व्यावस्था गरि सामान ल्याउने काम भएको र धेरै पासको व्यावस्था गर्न नसकिएकोले काममा समस्या पर्ने गरेको पनि उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

उपत्यकामा भित्र लगभग धेरै ठाउँमा पानी ट्याङ्कीको निर्माण सम्पन्न भइसकेको छ । आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारको ट्याङ्की सम्पन्न भएका छन् ।
यसै गरि भक्तपुर कटुन्जेको ट्याङ्की निर्माण भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएकोमा मर्मतको काम भइरहेको छ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सुरुमा परीक्षणको रुपमा दैनिक चार करोड पठाए पनि बैशाख ६ गतेदेखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी पठाइएको छ । मेलम्चीको वर्षातको समयमा सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने मेलम्ची खानेपानी विकास समितिको भनाई छ ।

मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूबाट अहिले वितरण भइरहेको छ । चक्रपथबाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइप लाइन विस्तार गरिने बताइएको छ ।

तस्बिरः केशब गुरूङ / गोरखापत्र

लेखक बाट थप