logo
२०८० चैत्र १५ बिहीवार

  दृश्य समाचार  



असारमा सम्पन्न हुँदै चोभारको अन्तर्राष्ट्रियस्तरको खुख्खा वन्दरगाह

अर्थ |
भिडियो |


असारमा सम्पन्न हुँदै चोभारको  अन्तर्राष्ट्रियस्तरको  खुख्खा वन्दरगाह


मनाेजरत्न शाही 
काठमाडौं, जेठ ४ गते । कोरोना संक्रमण फैलिएपछि देशका अधिकांश भागमा निषेधाज्ञा जारी भए पनि काठमाडौंको चोभारमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहको काम भने यथावत छ । यो वन्दरगाहको काम अन्तिम चरणमा छ र यही असार महिनामा यो सम्पन्न हुँदैछ ।


नेपाल इन्टर मोडल यातायात विकास समितिले निर्माण गरेको हो । यो बन्दरगाहको काम २०१८ अगस्टबाट सुरु भएको थियो । सुरुमा विश्व बैंकको एक अर्ब ५७ करोड रुपैयाँ ऋण सहयोग आयोजना निर्माण भईरहेको छ ।
यो बन्दरगाहमा तयार भएपछि  भन्सार जाँचपासको काम सुरु हुनेछ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका सबै कार्यालय रहने छन् । साथै नेपालबाट निर्यात हुने सामानको पनि चेकजाँच  यहाँ नै हुने छ । यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर राख्न सकिने । यो बन्दरगाह निर्माणपछि सामान आयात–निर्यात गर्न लाग्ने लागत र समय बचत हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?