logo
२०७८ कार्तिक ४ बिहीवार



धनगढीलाई हराउँदै काठमाडौं नेपाल सुपर लिगको च्याम्पियन

खेलकुद |
फुटबल |


धनगढीलाई हराउँदै काठमाडौं नेपाल सुपर लिगको च्याम्पियन
तस्विर-बिकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । काठमाडौं रेजर्स प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको विजेता भएको छ । उपाधिको लागि भएको होडमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजको च्याम्पियन बनेको हो । उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपियाँ र ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको धनगढी एफसीले १५ लाख रुपियाँबाट पुरस्कृत भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न खेलमा काठमाडौंले धनगढीमाथि १–० को जित हात पार्यो । काठमाडौंले फाइनलमा जितसँगै लिग चरणमा ०–३ र पहिलो प्ले अफमा १–२ ले धनगढीसँग बेहोरेको हारको बदला समेत पुरा गर्यो । काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउले गर्नुभएको एक मात्र गोल नै उपाधि दिलाउन पर्याप्त भयो । उहाँले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्नुभयो । प्रतियोगितामा काठमाडौंले १४ औं गोल गरेकोमा मेसौकेको यो आठौं गोल हो ।
विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठको पासलाई ओलुमोउले उत्कृष्ट फिनिश दिदै गोल गर्नुभयो ।
बैशाख ११ बाट सुरु भएको प्रतियोगिताको लिग चरणमा २१ खेल, दुई प्ले अफ र एक एलिमिनेटर र एक फाइनल गरी कुल २५ खेल खेलाइएको छ । प्रतियोगितामा सात टोलिको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?