logo
२०८१ बैशाख ७ शुक्रवार



अक्सिजनको अति नै अभाव खेप्दै राष्ट्रिय ट्रमा सेन्टर, सहयोगको अपील

फिचर |
पढ्नै पर्ने |


अक्सिजनको अति नै अभाव खेप्दै राष्ट्रिय ट्रमा सेन्टर, सहयोगको अपील


महिमा देवकोटा
काठमाडौं, वैशाख ३० गते । राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजनको अभावले बिरामीमा जोखिम बढेको भन्दै आपूर्तिका लागि सहयोग गर्न अपिल गरेको छ ।
कोभिड १९ भाईरस संक्रमणका विरामीहरुको ट्रमा सेन्टरमा चाप बढ्दै गए पनि सरकारले तोकिदिएको कोटाअनुरुप अक्सिजन सिलिण्डरको अभाव रहेको सेन्टरले जनाएको छ । अक्सिजन अभावमा अवस्था गम्भिर बन्दै गैरहेको अस्पतालले जनाएको छ ।
सरकारले ट्रमा सेन्टरलाई २०० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो । “हामीलई २०० शैयाको लागि ३०० देखि ३५० थान अक्सिजन सिलिण्डर आवश्यक पर्छ । अरु प्राप्त नगरी अस्पतालको लागि यो प्रयाप्त हुदैन” राष्ट्रिय ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले बताउनुभयो ।
काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोभिडका बिरामीको चाप नै नहेरी कोटा निर्धारण गर्दा अक्सिजनको अभाव सिर्जना भएको उहाँले बताउनुभयो । तत्काल ट्रमा सेन्टरको आईसियु र भेन्टिलेटरमा कुनै पनि बिरामी छैनन्, ९५ जना साधारण बेडमा अक्सिजनको सहारामा उपचार गराइरहेको उहाँले जानकारी दिनुभयो । १० देखि १५ जना स्ट्रेचरमा रहेको र ८० देखि १०० थान अक्सिजन सिलिण्डर प्रतिदिन आवश्यकता रहेको प्रवक्ता भेटवालले बताउनुभयो ।
“अक्सिजन सिलिण्डरको अभाव र कोभिडका विरामीको जीवन खतरा देखेर हामी धेरै कष्टपूर्ण अवस्थामा छौं, नपाउँदासम्म लाईनमा उभिएर बस्नुपरेको छ” उहाँले भन्नुभयो । हालै शंकर अक्सिनन प्रालिबाट ११ वटा सिलिण्डर लिएर आएको उहाँले जानकारी दिनुभयो ।
सिलिण्डरका लागि लाईनमा बस्नुपरेको तितो अनुभव उहाँले सुनाउनुभयो । “यदि मानीसहरुले आफ्नो घरमा अक्सिजन सङग्रह गरेको भए धेरै विरामीहरुले आराम पाउने थिए” उहाँले भन्नुभयो । आफूहरुको अपिलपछि नेपाली बैज्ञानिक महावीर पुन र सञ्चारकर्मी रवि लामिछानेले ट्रमा सेन्टरलाई ५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?