logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



मर्स्याङ्दीमा ट्रक खस्दा दुईको मृत्यु

खुला |


मर्स्याङ्दीमा ट्रक खस्दा दुईको मृत्यु


तनहुँ, वैशाख २८ गते । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करिब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिँलो भाइ हीरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी  नवलपरासीमा बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?