logo
२०८१ बैशाख ४ मंगलवार



एम्बुलेन्सको अभाव भएपछि अटो एम्बुलेन्स

प्रदेश |


एम्बुलेन्सको अभाव भएपछि अटो एम्बुलेन्स


गोकर्ण पौडेल
तुलसीपुर, वैशाख २४ गते । तुलसीपुर क्षेत्रमा एम्बुलेन्सको अभाव हुन थालेपछि शुक्रबारदेखि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । यस क्षेत्रका चार जना युवाले अटो एम्बुलेन्स सञ्चालन व्यवस्थापनको संयोजन गरेका हुन् । शुक्रबार नौ वटा अटो एम्बुलेन्स व्यवस्थापन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालका अनुसार तुलसीपुरका १९ वटै वडामा पायक पर्ने स्थानमा साविककै भाडादरमा शुल्क लिने गरी ती अटो एम्बुलेन्स सञ्चालन व्यउवस्थापन गरिएको छ । कुमालका अनुसार ती एम्बुलेन्सले तुलसीपुर क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीहरुलाई ल्याउन लैजान सक्ने व्यवस्था मिलाइएको छ । ती अटोको पहिचानका लागि अटोमा ब्यानर र स्टिकर टाँगिएको छ । अटो चालकले बिरामी बाहेक अन्यलाई बोकेको अवस्थामा कार्वाही गरिने समेत कार्यपालिका सदस्य कुमालले जानकारी दिनुभयो । अटो चालकलाई पिपिई,स्यानिटाइजर उपलब्ध गराइएको छ । कुमालका अनुसार एम्बुलेन्सको अभाव हुन थालेपछि पालिकास्तरमा अन्य बिरामीहरुलाई यात्रा सहज होस् भन्ने उद्देश्य राखेर सञ्चालनमा ल्याइएको हो ।

ती अटो एम्बुलेन्सलाई निर्बाधरुपमा सञ्चालन हुन दिनका लागि यस क्षेत्रका प्रहरी युनिटमा समेत अटो नम्बर र चालकको बारेमा जानकारी दिइएको छ । तुलसीपुर क्षेत्रका युवाहरु मोहन सुनारको संयोजन तथा दीपक कुमाल संरक्षक र अजयबाबु दुलाल र अजयबाबु डाँगीले अटो एम्बुलेन्स सञ्चालन अभियान शुक्रबारदेखि शुरु गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?