logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



पोखरामा थप चार जना कोरोना संक्रमितको मृत्यु

प्रदेश |


पोखरामा थप चार जना कोरोना संक्रमितको मृत्यु


तारा चापागाई

वैशाख २३ गते । पोखरामा आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका तीन र म्याग्दीका एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अरु तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशमा २० हजार ४६८ कोरोना संक्रमित छन् । तीमध्ये १७ हजार १५९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?