logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा भाेलिबाट बन्द हुने

फिचर |
खुला |


उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा भाेलिबाट बन्द हुने


मुकुन्द गैरे
काठमाडौ, वैशाख १२ गते । कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आज (आइतबार) बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताउदै आगामी दिनमा कोरोनाको सङ्क्रमणको दर हेरेर निर्णय लिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । अत्यावश्यकमा शान्ति सुरक्षा संग सम्बन्धित निवेदन र मुद्वा संग सम्बन्धित कार्य सहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।

यसै गरि नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी विवरण तथा सिफारिश, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा  भाेलिबाट बन्द रहने छन् । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप